Username:
Password:


Get updated on your email.
Click here to unsubscribe


Username:
Password:


Success Story
मेरो रोजगारको व्यवस्था म आफैले गरेको छु
December 30, 2008
 

"मेरो रोजगारको व्यवस्था म आफैले गरेको छु ।"

मेरो नाम वर्जवहादुर मगर हो । मेरो घर सुकाजोर गाविस वडा नं.८,सिम्ले रामेछापमा पर्दछ,मैले स्थानीय स्तरमा रहेको गौरी शंकर उच्च माध्यमीक विद्यालयवाट एस.एल.सी उतिर्ण्र्ाारेको छु । आज भन्दा १० वर्षअगाडि तर मैले आफ्नो शिक्षा अनुसारको रोजगार पाउन सकेको थिएन मेरो आर्थिक अवस्था एकदमै दयनीय छ मेरो भन्नु नै ७ रोपनी पाखो वारी ५ वटा वाख्रा र २ वटा गोरु मात्र रहेका छन् । मैले आफ्नो वच्चाहरुलाई उचित शिक्षा प्रदान गर्न सकिरहेको थिएन । मलाई आफ्नो धर्म तथा परम्परा अनुसारको चार्डपर्व आँउदा पनि राम्रो संग मनाउन नपाउँदा ज्यादै पीर लाग्ने गर्दथ्यो । रामेछाप जिल्लामा लघु उद्यम विकास कार्यक्रम कार्यन्वयनमा आयपछी हामी ४२ जनाको प्रयाशमा रामेछापमा एउटा रामेछाप फुड प्रोसेसीङ्ग प्रा.लि. नामको उद्यम स्थापना गर्न हामी सफल भयौं । यस उद्योगवाट जुनारको जुश,लालिगुराँशको जुश, काफल,अदुवा र कागतिको जुशहरु उत्पादन भर्इर्र्हेको छ भने अदुवाको अचार,खर्ुपानी तथा लालिगुराँशको जाम पनि उत्पादन भईरहेको छ । यी उत्पादीत सामानको वजारीकरण गर्ने जिम्मा मेरो भागमा परेको छ । वजारीकरणमा जाँदा आफ्नो जिल्लामा भएका सामान अर्को जिल्लामा लगेर विक्री गरेको छु भने अर्को जिल्लाको स्थानीय उत्पादन हाम्रो जिल्लामा समेत ल्याएर विक्री वितरण गरेको छु । लघु उद्यम विकास कार्यक्रमको संलग्नतामा भएको नेपालको पर्ूवदेखी पश्चिम सम्मका पर््रदशन तथा महोत्सवहरुमा मैले भाग लिई सकेको छु । जिल्लामा संचालन भएका वस्तु विक्री भण्डारमा पनि हाम्रो उत्पादन जूनेली ब्राण्डको नामले विक्री वितरण भईरहेको छ भने जिल्ला स्तरका हरेक होटल तथा कोल्ड स्टोरमा हाम्रो उत्पादनको विक्री वितरण गरीरहेको अवस्था छ । आज यस व्यवसायमा लागेर मैले देशको विभिन्न शहर वजारमा भ्रमण गर्न पाएको छु सवै संग चिनजान र सर्म्पर्क बढाउन पाएको छु । भने मेरेा मासिक आएमा पनि दिन प्रतिदिन वृद्धी भईरहेको छ मेरो मासिक तलव त २५००।-हो तर मैले सामान विक्री गरेको आधारमा कमीसन पनि प्राप्त गर्दछु । यसले गर्दा मेरो मासिक कमाई रु. ५०००।- भन्दा माथि रहेको छ । अव आउने दिनमा मैले यस पेशालाई नै निरन्तरता प्रदान गर्ने दृढ सोच गरिसकेको छु । यसले मलाई २ छोरा र एक छोरीलाई पढाउने खर्चको साथ-साथै घरायसी व्यवहार सवै र्टार्न सजिलो भएको छ । हाल मैले यो व्यवसायमा लागेर रोजगारी त पायको छु यसको अलावा मैले कार्यक्रमको तर्फाट व्यवसाय सचेतता,व्यववसाय शुरु ,वजारीकरण संजाल निर्माण,व्यवसाय विस्तार र स्वच्छतर उत्पादन गरि थुप्रै प्रकारका तालिमले पनि मेरो वजारीकरणको ज्ञानको घेरा उच्च र फराकिलो भएको मैले महसुस गरेको छु । जशले मलाई प्रत्यक्ष रुपमा सहयोग पुर्‍याईरहेको छ । मेरो वजारीकरणको कला देखेर अन्य उद्योगहरुले मलाई वजारीकरण गरिदीनको लागि अनुरोध गरिरहेका छन् । तर मेरो आपनो पहलमा स्थापना भएको र आफनै लगानी रहेको उद्योगको मात्र वजारीकरण गर्ने गरेको छु हाल हाम्रो उद्यमले वाषिर्क १५ लाख भन्दा बढिको आर्थिक कारोवार गरिरहको अवस्था छ । आज वजारमा आउने सवै उत्पादन हरु जूनेली ब्राण्डले चिनीएको छ । आज जिल्ला देखी राजधानी सम्म पनि यसको प्रचार प्रसारले गर्दा मैले हाम्रो उद्यममा वजरीकरणमा पुर्‍याएको सहयोगले मलाई आज खुशि लागेको छ । धन्य छ मलाई आफ्नै घर गाँउमा वसि-वसि यस्तो रोजगार दिलाई वजारीकरणमा सीप प्रदान गर्ने लघु उद्यम विकास कार्यक्रम र यसमा संलग्न कर्मचारी हरुलाई ।

धन्यवाद
वर्जवहादुर मगर
रामेछाप फुड प्रोड्क्टस प्रा.ली
वजारीकरण विभाग


Success Stories
View All

Publications
View All
  Copyright © 2008 medep.org.np. All Rights Reserved.